नेपाल इन्जिनियरिङ कलेजको बि. ई. तथा बि. आर्क. कार्यक्रमहरुका लागि नयाँ भर्ना

नेपालको इन्जिनियरिङ शिक्षा क्षेत्रमा विगत २७ बर्ष देखि संचालित, राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त गैर नाफा मूलक सामाजिक संस्था यस नेपाल इन्जिनियरिङ कलेजमा शैक्षिक नयाँ शैक्षिक सत्रको लागि स्नातक तहका निम्न कार्यक्रमहरुमा भर्नाको लागि दरखास्त आह्वान गरेकाे छ।

 

कार्यक्रमहरु

बि.ई. सिभिल

बि.ई. सिभिल एण्ड रुरल

बि. आर्किटेक्चर

बि.ई. इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स

बि.ई. कम्प्युटर

बि.ई. इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन

बि.ई.सिभिल फर डिप्लोमा होल्डर्स'

(कक्षा समय: बेलुका ५:३० देखि ९ सम्म)

फारम भर्ने अन्तिम मितिः

२०७८/९/२३ गते बेलुका ४:३० बजे सम्म

*बि.ई. सिभिल फर डिप्लोमा होल्डर्सको लागिः २०७८/१०/६ बेलुका ६:०० बजे सम्म

 

(उल्लेखित कार्यक्रमहरुमा २०% सिट छात्राहरुको लागि सुरक्षित गरिएको छ र ७ प्रादेशिक छात्रवृत्तिको व्यवस्था गरिएको छ।)

 

न्यूनतम योग्यता: विज्ञान विषय (फिजिकल वा बायोलोजी ग्रुप) लिई १०+२/डिप्लोमा इन इन्जिनियरिङ वा सो सरहमा कम्तिमा द्वितीय श्रेणीमा उत्तिर्ण गरेको र १०+२ का सम्पूर्ण विषयहरुमा न्यूनतम C ग्रेड ल्याएको हुनु पर्ने छ।

 

*बि.ई. सिभिल फर डिप्लोमा होल्डर्सको लागि मान्यता प्राप्त शैक्षिक संस्था बाट न्यूनतम द्वित्तिय श्रेणीमा Diploma in Civil Engineering or Architecture उत्तिर्ण गरेको हुने पर्ने छ।

 

अनलाइन फारम सहजिकरण स्थानहरु (विदाको दिनमा पनि खुल्ने)

 

नेपाल इन्जिनियरिङ कलेज                                         नेपाल इन्जिनियरिङ कलेज, nee-BDH

चाँगुनारायण-४, भक्तपुर                                               सातदोबाटो (Swimming Pool सँगै) ललितपुर

सम्पर्क: ०१-५२२१००६                                                          सम्पर्क: ०१-५५४८५८५

(विहान ०८:०० देखि दिउसो ४:३० सम्म)                                (विहान १०:०० देखि बेलुका ६:०० सम्म)



प्रवेश परीक्षा मिति:

२०७८/९/२४ गते शनिबार समय: बिहान १०:३० बजे

स्थान: नेपाल इन्जिनियरिङ कलेज, चाँगुनारायण-४, भक्तपुर

 

*बि.ई. सिभिल फर डिप्लोमा होल्डर्सको लागि

२०७८/१०/८ गते शनिबार समयः बिहान १०.३० बजे

 स्थानः नेपाल इन्जिनियरिङ कलेज, nec-BDIH, सातदोबाटो Swimming Pool सँगै


अनलाइन फारम भर्दा पेश गर्नु पर्ने कागजातहरु

१२ कक्षा, डिप्लोमा उत्तिर्ण भएको प्रमाण पत्र वा मार्कसिटको प्रतिलिपी र नागरिकता प्रमाण पत्रको प्रतिलिपी

 

अनलाइन फारमको लागि

Entrance.nec.edu.np

 

आवेदन शुल्कः रु २,०००/-

 

आवेदन शुल्क बुझाउनको लागि e Sewa/Kkhalti प्रयाेग गर्न सकिनेछ ।